१३ मंसिर २०८१, बिहिबार | Fri Nov 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अमेरिकाका कार दुर्घटनामा निधन भएका सुरेश केरुङको सम्झनामा साङ्गीतिक चलचित्र ‘हे दैव’ निर्माण (भिडियो)



६ असोज । अमेरिकाका कार दुर्घटनामा निधन भएका सुरेश केरुङको सम्झनामा साङ्गीतिक चलचित्र ‘हे दैव’ निर्माण गरिएको छ । राजधानीमा सो साङ्गीतिक चलचित्र ‘हे दैव’ सार्वजनिक गरिएको छ ।
भुटानी शरणार्थीको रुपमा अमेरिका पुगेका सुरेश केरुङको कार दुर्घटनामा मृत्यु भएपछि उनको सम्झनामा साङ्गीतिक चलचित्र निर्माण गरिएको हो ।

हेर्नुस् भिडियो :

‘हे दैव’साङ्गीतिक चलचित्रको गीतमा राजेश पायल राई, प्रविशा अधिकारी र सुनिता थेगिमको स्वर दिएका छन् ।
शब्द रचना विक्रम साङ्पाङको रहेको छ भने सङ्गीत शङ्कर थापा ’स्माइल’को रहेको छ ।
चलचित्रको निर्देशन देव जङ्ग थापाले गरेका छन् । कलाकारको रुपमा माओत्से गुरुङ, कविता आले, बुद्धि तामाङ, एलिशा राई, रजनी गुरुङ, अनिल सुब्बा, दिप्सन आङ्बो र धनु ग्याङ्मीको अभिनय गरेका छन् । चलचित्र सिनेमाटोग्राफर ज्ञानेन्द्र शर्मा खिचेका छन् भने सम्पादन विवेक उप्रेती गरेका छन् ।
चलचित्र प्रिमियरमा परिवारसँग नजिक रहेका गायक राजेश पायल राईले विचार राखे । उनले स्व.सुरेश केरुङको सम्झना सुनाउदै आँखु समेत झारेका थिए ।
गायक राईले भने, ‘भाई सुरेश केरुङ मेरो गीत साह्रै मन पराउथ्यो , नाच्थ्यो । सधै गीतको फर्माइस गथ्र्यो ।’

कार्यक्रममा आमा बनेर अभिनय गरेकी कलाकार कविता आले आँशु झार्दै दुर्घटनाको दुखद क्षणलाई अभिनय गर्दाको अनुभव सुनाएकी थिइन् ।

साङ्गीतिक सङ्घ नेपालका अध्यक्ष प्राज्ञ चेतन सापकोटाले वास्तविक कथालाई साङ्गीतिक चलचित्रमा सजिव रुपमा उतारेको भन्दै विवेक उप्रतीको प्रशंशा गरेका थिए । भिडियोमा मद्यपान सेवन नगरि सवारी चलाउन सन्देश राखिएको छ ।

 

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ९ : २९ बजे