४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘परदेशी २’लाई प्रदर्शन अनुमति



९ असोज । फिल्म ‘परदेशी–२’ले प्रदर्शन अनुमति पाएको छ। केद्रीय चलचित्र जाँच समितिले नारायण रायमाझी निर्देशित फिल्मलाई प्रदर्शन गर्न स्वीकृति प्रदान गरेको हो।
असोजको २६ गतेबाट फिल्म प्रदर्शनमा आउँदैछ। फिल्मको टीमबाट निर्माता वंशलसहित अभिनेत्री वर्षा शिवाकोटीसमेत सेन्सरमा सहभागी थिइन्।

फिल्मका निर्देशक नारायण रायमाझी, कलाकारहरु अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीलगायतको टिम यतिबेला देश दौडाहामा छ। मंगलवार र बुधवार बुटवलमा रहने टिम पोखरा हुँदै केही दिनमा काठमाडौं फर्किनेछ।

फिल्मललाई रमेश बिजीले लेखेका हुन्। प्रकाश, केकी र वर्षाका साथमा फिल्ममा प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ८ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।