५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


शंखमुलस्थित फ्लाइङ ट्याप एजुकेशन कन्सल्टेन्सीका सञ्चालक पक्राउ



९ असोज । शंखमुलस्थित फ्लाइङ ट्याप एजुकेशन एन्ड इमिग्रेसन कन्सल्टेन्सीका सञ्चालक विष्णु केसी पक्राउ परेका छन्। अष्ट्रेलिया पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ परेको हो। ४५ वर्षीय केसीले पवनराज दाहाललाई वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइदिन्छु भनेर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।

उनले मासिक २ लाख आम्दानी हुने भन्दै १७ लाख ७९ हजार रुपैयाँ लिएर ठगी गरेको प्रहरीको भनाइ छ। अर्घाखाँचीको भुमिकासथन नगरपालिका–८ घर भएका केसीलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  १२ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।