१२ असोज । ‘परदेशी २’ बागलुङ बजलारमा प्रिमियर हुने भएको छ । ‘परदेशी २’ आज दिउँसो ३ बजे बिएसआर मुभिज पुरानो सिनेमा रोड बागलुङमा प्रिमियर हुने भएको हो ।
प्रिमियर कार्यक्रममा निर्देशक नारायण रायमाझी , नायिक केकि अधिकारीलगायत सहभागी हुनेछन् ।
गायक प्रकाश सपुतले अभिनय गरेको यस चलचित्र आफ्नो गृह जिल्लामा प्रिमियर हुन लागेको भन्दै खुशी व्यक्त गरेका छन् ।
नारायण रायमाझीले निर्देशन गरेको चलचित्र ‘परदेशी २’ दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सबिन बाँस्तोलालगायत कलाकारले अभिनय गरेका छन् । गायक प्रकाश सपूतले यस चलचित्रबाट डेव्यु गरेका छन् । चलचित्रमा रमेश बिजीले कथा लेखन, मानकृष्ण महर्जनले छायाङ्कन, अष्ट महर्जनले द्वन्द्व निर्देशन, दीर्घ खड्काले सम्पादन, रामजी लामिछाने र गोविन्द राईले नृत्य निर्देशन गरेका छन् ।
चलचित्र असोज २६ गतेदेखि प्रर्दशनमा आउँदेछ ।
प्रतिक्रिया