२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


केएमसी अस्पतालका डाक्टर कुट्ने दुई जना पक्राउ



काठमाडौं
१४ असोज । सिनामङगलस्थित काठमाडौँ मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

उक्त अस्पतालका डा मनिष खड्कामाथि हातपात गरेको आरोपमा गुल्मी जिल्ला घर भइ हाल काठमाडौँ महानगरपालिका चाबहिल बस्ने २२ वर्षीय रुपक गौतम तथा गुल्मी घर भइ हाल सिनामङगल बस्ने ३४ सरोज गौतम रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलल जानकारी दिए ।

आज दिउँसो करिब १ बजे ओपिडीमा डा खड्कामाथि हात पात भएपछि त्यहाँ कार्यरत सम्पूर्ण चिकित्सक अस्पतालको सेवा बन्द गरी आन्दोलनमा उत्रिएका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ३ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।