१५ असोज । काठमाडौंको गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ । चक्कु प्रहारबाट ३८ वर्षीय साविर हुसेन घाइते भएका छन् ।
घाइते हुसेनको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको खुट्टामा चोट लागेको बताइएको छ ।
घटनास्थलबाट प्रहरीले एक थान पेस्टोल समेत बरामद गरेको छ । चक्कु प्रहार गर्ने व्यक्तिको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया