१६ असोज । बाँकेको नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । हिन्दू र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यू जारी गरिएको हो ।
हिन्दूहरुको समूह भेला भएर प्रदर्शनमा उत्रिएपछि झडप हुनसक्ने र सदभाव बिग्रिने संकेत देखिएपछि कर्फ्यू जारी गरिएको हो । सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि प्रशासनले यस्तो निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार मात्र जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने गतिविधि नगर्न आग्रह गरेको थियो ।
मंगलबार बिहान नेपालगञ्जमा सामाजिक सद्भावलाई प्रगाढ बनाउने उद्देश्यले विभिन्न धर्मगुरु, जनप्रतिनिधि, नागरिक समाजका अगुवा तथा पेशकर्मीहरू सहितको सहभागितामा सद्भाव र्याली निकालिएको थियो ।








प्रतिक्रिया