७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सुन तस्करी प्रकरणः आचार्यको नेतृत्वमा गठिन गरिएको आयोगले थाल्यो काम



१८ असोज । सरकारले गठन गरेको ‘सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग–२०८०’ ले आफ्नो काम थालेको छ । बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर आयोगका अध्यक्ष डिल्लीराज आचार्यले कार्य प्रारम्भ भएको जानकारी गराएका हुन् ।

जाँचबुझ आयोगले अदालतसरह अधिकार पाएको आचार्यले बताएका छन्। आचार्यले बोलाउँदा नआउने व्यक्तिलाई पक्राउसमेत गर्ने अधिकार आयोगलाई भएको बताए। ‘हामीलाई अदालतलाई भए सरहको अधिकार छ। बोलाउँदा नआउने व्यक्तिलाई पक्राउ पनि गर्छौं।’, उनले भने ।

यस्तै अध्यक्ष आचार्यले आयोगका लागि भोलिसम्ममा थप ५ जना कर्मचारी गृह मन्त्रालयबाट आउने जानकारी पनि दिए। गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकल सुन तस्करी नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ उपदफा २ बमोजिम उच्च अदालतका पूर्व न्यायाधीशसमेत रहेका आचार्यको अध्यक्षतामा आयोग गठन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  १ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।