२१ माघ २०८२, मंगलबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री बर्षा चलचित्र ‘परदेशी २’को प्रमोसन टुरमा सँगै जान नपाएपछि दुःखी



ललितखबर
१९ असोज । यही असोज २६ गतेबाट देशभर चलचित्र परदेशी २ प्रर्दशनमा आउँदैछ । चलचित्रको प्रमोसनमा देशभर कलाकारसहितको टिम देश दौडाहामा छन् । तर त्यो प्रमोशन टिममा अभिनेत्री बर्षा सिवाकोटी देखिनन् ।
तर बर्षा भने राजधानीमा सञ्चारमाध्यमहरुसँग कुरा गर्दै समय विताइन् । त्यसबेला उनका विवाह र सम्बन्ध विच्छेदका विषयमा धेरै चर्चा भयो । चलचित्रको प्रमोसनभन्दा व्यक्तिगत जीवनको प्रचार भएको भन्दै प्रश्न पनि उठे ।
अभिनेत्री बर्षा टिममा आफूलाई नदेख्दा प्रश्न उठ्नु स्वभाविक नभएको बताउछन् ।
अन्र्तवार्ताहरुमा बर्षा भने प्रमोशनको टिम फरक फरक ठाँउमा जाने योजना रहेको स्प्रष्टिकरण दिन्छन् । पश्चिममा केकी अधिकारी सहितको समूह प्रचारमा गएपछि पुर्वमा बर्षा जाने योजना रहेको बर्षा बताउछिन् । तर सबै टिम एकै ठाँउमा नहुँदा नराम्रो लाग्ने उनको भनाई छ ।
लामो समयसम्म सञ्चारमाध्यामहरुमा नदेखिएकी बर्षा बल्ल बल्ल चलचित्र परदेशी २ प्रर्दशनमा आउदा निर्माताले बर्षालाई प्राथमिकता नदिएको भान हुन्छ ।

एक युट्युव च्यानललाई अन्र्तवार्ताको क्रममा सहभागी केकी अधिकारी, प्रकाश सपुत र बर्षाबीच असन्तुष्टि प्रष्ट रुपमा देखिएको छ । प्रयाङ्क गरेको भन्दै देखाइएको सो भिडियोमा बर्षाले बागलुङमा भएको प्रिमियरमा आफूलाई निम्तो समेत नगरेको,आफूलाई छुट्टै पार्ने योजना रहेको र जर्वजस्ती घुस्ने पनि कुरा नआउने उनले बताइएन् ।
प्रयाङ्क भनिए पनि बर्षाको न्याउरो अनुहार र बर्षाले कुशनले हानेपछि केकी रुनु र अन्र्तवार्ता भइरहेको सोफाबाट बाहिर गएको दृश्यले प्रयाङ्क हो भन्न सकिन्न ।
भिडियोमा प्रयाङ्क गरेको भन्दै केकी अधिकारीलाई कुशनले हानेपछि रोएको र अन्र्तवार्तास्थलबाट बाहिर भएको दृश्यमा देखिन्छ ।
बर्षाले आफू प्रचारमा नगएको भन्दै सञ्चारमाध्यमहरुमा चर्चा हुने गरेको भन्दै चित्त दुखाएकी छिन् । संचारकर्मीले आफ्नो विवाह र सम्बन्ध विच्छेदबारे प्रश्न गर्ने गरेको र उत्तर दिन्न भन्न पनि नमिल्ल्ने उनको तर्क छ ।
केही समयअघि चलचित्र ए साथी सुन प्रर्दशनमा आयो । तर चलचित्र सुपर फल्प सावित भयो । यस चलचित्रको प्रमोशनमा बर्षा जान नपाउदा दुःखी रहेको अन्र्तवार्ताहरुमा बताउने गरेकी छिन् ।
चलचित्र नगरीमा आफूलाई स्थापित गर्न संर्घषरत बर्षा दिनरात मेहनत गरिरहेको उनको फिगरबाट पनि प्रष्ट हुन्छ । उनी हरेक दिन जिम जान्छिन् । खानामा समेत सचेत रहेको बर्षा बताउने गरेकी छिन् ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ४ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।