ललितखबर
२१ असोज । चलचित्र ‘परदेशी २’ को प्रचार लागि राजधानीमा आयोजित एक कार्यक्रममा बर्षा सिवाकोटी सहभागी कार्यक्रममा केकी अधिकारी सहभागी भइनन् ।
स्वास्थ्यको कारण देखाएर केकी कार्यक्रममा सहभागी हुन नसकेको बताइएको छ ।
गीत नाटकमार्फत देशभर प्रचार अभियानको क्रममा केकी अधिकारी सहभागी प्रचार कार्यक्रममा बर्षा देखिएकी थिइनन् । बर्षा प्रचारमा सहभागी नभएपछि सञ्चारमाध्यमहरुमा प्रश्न उठेको थियो ।
बर्षाले भने आफूलाई फरक तालिका बनाएर प्रचारमा राखिएको बताउने गरेकी थिइन् ।
एक सञ्चारमाध्यममा उनले आफूलाई प्रिमियरमा नबोलाएको प्रचारका लागि छुट्टै पारेको गुनासो पोखेकी थिइन् । सार्वजनिक सञ्चारमाध्यमहरुमा उनको टिप्पणीपछि केकी र बर्षाबीच सम्बन्धमा दरार आएको बुझ्न गाह्रो पर्दैन । आइतबारको कार्यक्रममा केकी अधिकारी सहभागी नहुँदा पथ पुष्टि भएको छ ।
कार्यक्रममा अर्का अभिनेता प्रशान्त तामाङ परिवारको सदस्यको स्वास्थ्य गढबढी भएको भन्दै सहभागी भएनन् । दिलिप रायमाझी पनि अमेरिकास्थित घर पुगेको कारण सहभागी नभएको बताइएको छ।
पछिल्लो हलमा समय चलचित्र चलिरहेका छैनन् । शुक्रबार र शनिबार केही दर्शक हलमा आएर हेर्ने गरे पनि आइतबारदेखि दर्शकको अभावमा धेरै चलचित्र उत्रिन्छन् । बर्षमा दुई चारवटा चलचित्रले मात्रै पैसा उठाउछन्, कमाउछन् । बाँकी सबै खोलामा पैसा फ्याके सरह हो ।
यस्तो अवस्थामा चलचित्र परदेशी २ को कलाकारसहितको जम्बो टिक देश दौडाहामा छ । नेपालको पुर्वका विभिन्न स्थानमा केकी अधिकारी प्रकाश सपुत सहितको टिम गीति नाटकको कलाकार समूह लिएर प्रचारमा गयो । पश्चिम क्षेत्रमा पनि कलाकारहरु प्रचार गर्न पुगेका थिए ।
प्रतिक्रिया