२३ असोज । आउँदो शुक्रबार दक्षिण ललितपुरको नल्लुमा चौथो राष्ट्रव्यापी कराँते प्रतियोगिता हुने भएको छ ।
कोन्ज्योसोम गाउँपालिका ४ नल्लुमा पाथीभरा सो–क्योकुशिन कराँते डोजोको आयोजनामा नल्लु फुटबल ग्राउण्डमा शुक्रवार र शनिवार प्रतियोगिता हुन लागेको प्रशिक्षक विजय घलानले ललितखबरसँग बताए ।
उनले भने, ‘दक्षिण ललितपुरको खेल विकाश र डोजो खेलाडीको मनोबल बढाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो ।’
उनका अनुसार प्रतियोगिता लागि विभागीय टोली ससस्त्र प्रहरीसहित १३ जिल्लाका करिव ३०० खेलाडी सहभागी हुदैछन् । सो प्रतियोगितामा ११ औं एशियाली गेममा स्वर्ण विजेता प्रभात स्यातानले समेत प्रतिश्पर्धा गर्ने उनले बताए ।
उक्त खेलमा प्रथम हुनेलाई रु १० हजार सहित चाँदीको मेडल दोस्रोलाई रु पाँच हजार सहित मेडल तथा तेस्रोलाई रु दुई हजार पाँच सय सहितको मेडल र चौथोलाई रु दुई हजार सहित मेडल प्रदान गर्ने निर्णय भएको घलानले बताए ।








प्रतिक्रिया