११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बढ्यो काठमाडौं महानगरको राजस्व



काठमाडौँ
२४ असोज । काठमाडौं महानगरले गत आर्थिक बर्षको दुई महिना समिक्षा अवधिमा २४ करोडभन्दा धेरै राजस्व बढाउन सफल भएको छ ।
महानगरका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा रु एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व असुल गरेको छ । गत आवको सोही अवधिमा काठमाडौँ महानगरपालिकाले रु ९३ करोड ४१ लाख राजस्व असुल गरेको थियो ।

चालु आवका लागि महानगरले रु १० अर्ब ४१ करोड राजस्व असुलको लक्ष्य लिएको महानगर राजस्व विभागका प्रमुख धु्रव काफ्लेले जानकारी दिए । गत आवको सोही अवधिलाई तुलना गर्दा चालु आवको साउन र भदौमा रु २४ करोड बढी राजस्व असुल भएको हो । यद्यपी महानगरको लक्ष्य अनुसार भने कर असुल भएको छैन ।

चालु आवको दुई महिनाको अवधिमा सबैभन्दा बढी घरबहाल करबाट रु ५२ करोड असुल भएको राजस्व विभागका प्रमुख काफ्लेले बताए । त्यसैगरी सम्पत्ति करबाट रु २५ करोड असुल भएको छ । पछिल्लो समय महानगरमा बहाल कर तिर्ने करदाता बढेकाले राजस्व रकम बढेको महानगरका प्रमुख काफ्लेको भनाइ छ ।

गत वर्षभन्दा यस वर्ष सम्पत्ति करमा मात्रै छ सय ४८ करतादा बढेका छन् । बहाल करतर्फ पनि करदाता उल्लेख्यरुपमा बढेका छन् । पछिल्लो समय एक हजार तीन सय करदाता थपिएका छन् । अहिले कामपामा तीन लाखभन्दा बढी करदाता छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ५ : २१ बजे