४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


निर्देशक सुर्दशन थापालाई प्रहरीले पक्राउ पूर्जी जारी गरेकोमा निर्देशक समाजले आपत्ती



२५ असोज । निर्देशक सुर्दशन थापालाई प्रहरीले पक्राउ पूर्जी जारी गरेकोमा निर्देशक समाजले आपत्ती व्यक्त गरेको छ ।
चलचित्र निर्देशक सुर्दशन थापा निर्माता नभएको, उनले पारिक्षमिक लिएर चलचित्र निर्देशन गर्ने जिम्मेवारी रहेको भन्दै उनलाई चलचित्र बिक्रि गर्ने अधिकार नरहेको अवस्थामा पक्राउ पूर्जी जारी गरेको दावी संघको छ ।
चलचित्र निर्देशक समाजले चलचित्र प्रसाद २ को विवाद संघ संस्थाबाट मिलाउनुको सट्टा कानूनी प्रकृयामा गएको भन्दै आपत्ती व्यक्त गरेको छ ।
संघका महासचिव अरुण कुमार प्रधानले जारी गरेको विज्ञप्तीमा चलचित्र क्षेत्रलाई असर पुग्ने गरे संघ संस्था छलेर कानूनी बाटो रोजेको भन्दै रोष प्रकट गरिएको छ । विज्ञप्तीमा कानूनी बाटो रोकेर अदातल र प्रहरी प्रशासनलाई छलफलमार्फत मिलापत्र गराउन अनुरोध गरिएको छ ।
समाजले प्रसाद २ चलचित्र निर्माता सुवास थापा रहेको र उनीसँगै ओएसआर डिजिटलका अध्यक्ष ओम अग्रवाल र सम्पादक मिलन श्रेष्ठले सम्झौता गरेको काम गरेको विज्ञप्तीमा उल्येख छ । विज्ञप्तीमा अग्रवाल र श्रेष्ठ र्निदोष रहेको दाबी गरिएको छ । केही दिन अघि प्रहरीले पक्राउ पूर्जी जारी गरेको भए पनि ढिलो गरेर संघको विज्ञप्ती आएको हो ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ३ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।