११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको हनुमानघाटमा श्राद्ध गर्नेको घुइँचो



भादगाउँ (भक्तपुर)
२७ असोज । भक्तपुरको पवित्र तीर्थस्थल हनुमानघाटमा आज स्रोहश्राद्ध गर्नेको घुइँचो लागेको छ । आश्विन कृष्णपक्ष सुरु भएसँगै १६ दिनसम्म गरिने श्राद्धको अन्तिम पितृपक्षका दिन दिवङ्गत भएका आफन्तहरुको नाममा पिण्डदान गर्नेको घुइँचो छ ।

हनुमानघाट क्षेत्रमा मृतकका नाममा पिण्डदान गरे दिवङ्गतको आत्माले मोक्ष प्राप्ति गर्ने धार्मिक विश्वासले भक्तपुरका नगरवासी हनुमानघाट क्षेत्रमा आई स्रोह्रश्राद्ध गर्न आउने पुरोहित गोविन्दराज राजोपाध्ययले जानकारी दिए ।

उनल भने, “पितृपक्षमा गरिने स्रोह्रश्राद्ध हनुमानघाट क्षेत्रमा गरी हनुमन्ते नदीमा पिण्डदान गरी सेलाए आफ्नो पूर्वज दिवङ्गतले मात्र नभएर दूरदराजका आफन्त र छरछिमेकका दिवङ्गत आत्मालाई समेत मोक्ष प्राप्त हुन्छ ।”

पुरोहित राजोपाध्ययका अनुसार नेवार समुदायमा सोह्रश्राद्ध गर्नुको छुट्टै महत्व रहेको छ । यो श्राद्ध नगरे कुलदेवताको पूजा गरी भोजन गर्नु हुँदैन भन्ने धार्मिक मान्यता अहिले पनि छ । वर्ष दिनमा गरिने कुनै पनि शुभकार्यको थालनीका लागि पनि यो श्राद्ध गरिन्छ ।

त्रिवेणी घाटका रुपमा हनुमानघाटलाई लिने गरिन्छ । आजको दिन त्यहाँ स्नान गरी स्रोह्रश्राद्ध गर्नाले पाप नष्ट हुनुका साथै दिवङ्गतले सजिलै वैकुण्ठ बास पाउँछन् भन्ने धार्मिक विश्वास रहेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ८ : १७ बजे