११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


नागार्जुनमा दुई जनाको कोठाबाट दिउँसै लाखौं मूल्य बराबरको गरगहना चोरी



काठमाडौं
२७ असोज । काठमाडौं नागार्जुनमा दुई जनाको कोठाबाट दिउँसै लाखौं मूल्य बराबरको गरगहना चोरी भएको छ ।
प्र्रहरीका अनुसार नागार्जुन नगरपालिका ४ शरणपुर डेरा गरी बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका ६ घर भएका ३७ वर्षीय सन्तोष श्रेष्ठको कोठा र सोही घरमा डेरा गरी बस्ने बझाङ तलकोट गाउँपालिका १ घर भएका हरि बहादुर अहिदीको कोठाबाट चोरी भएको हो ।

उनीहरुको नगद तथा सुन र चाँदीका विभिन्न गरगहना गरी करिब १० लाख ३० हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको प्रहरीले बताएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ३ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।