५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘पशुपति प्रसाद २ः भष्मे डन’को झण्डै चार मिनेटको ‘प्रिभ्यु’ सार्वजनिक(भिडियोसहित)



२९ असोज । नेपाली चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’को झन्डै चार मिनेट लामो दृश्य इन्टरनेटमा आएको छ । दीपेन्द्र के खनाल निर्देशित यो चलचित्रको निर्माण पक्षबाट नै चलचित्र ‘प्रिभ्यु’को रूपमा सो दृश्य सार्वजनिक गरिएको हो ।

यो ‘प्रिभ्यु’ले अभिनेता विपिन कार्कीको पात्र चरित्रलाई ‘जस्टिफाई’ गर्ने प्रयास गरेको छ । यस चलचित्रमा अघिल्लो चलचित्र ‘पशुपति प्रसाद’को प्रमुख पात्र पशुपति प्रसादको मृत्यु पश्चात् पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा आइपर्ने विभिन्न घटनाक्रमलाई देखाइएको छ ।
चलचित्रमा विपिन कार्की सहित सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । चलचित्रमा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी पनि विशेष भूमिकामा देखिनेछन् ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रको निर्माता पनि उनी स्वयं हुन् । नीरज कँडेलको डिओपी, कृष्ण थापाको छायाङ्कन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको सङ्गीत रहेको छ ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ४ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।