७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


इजरायलबाट थप १९ नेपालीको उद्धार, भारतीय विमानमार्फत ल्याइने (नामावलीसहित )



३० असोज । इजरायलमा विद्रोही हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ।

सराकारले भारतीय विमानमार्फत इजरायलमा रहेको १९ जना नेपालीको उद्धार गरेको हो । परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलको चेल अविवबाट भारतको उद्धार विमानमार्फत् १९ नेपालीको उद्धार गरिएको जानकारी दिए ।

मन्त्रालयले स्थानीय समय अनुसार तेल अविवबाट बिहान ९ बजे स्पाइस जेटमार्फत् १९ नेपाली नागरिक आउने जनाएको छ। मन्त्री साउदले स्वदेश आउन लागेका नेपालीलाई दिल्लीस्थित दूताबासले सवारी साधनको व्यवस्था गरेर नेपाल पठाउने पनि जानकारी दिए । उनीहरु मंगलबार बेलुकी ६–७ बजेसम्म नयाँ दिल्ली पुग्ने बताइएको छ।

यि हुन् उद्धार गरिएका नेपाली नागरिकहरु
नन्दसिंह भुल
सुजेन्द्र खड्का
प्रतिभा रौनियार
अनुमा डंगोल
हिना खाँण
आतिस गुरुङ
जुनु गुरुङ
मौसमी पाख्रिन
प्रतिमा तिम्सिना
राजकुमार मानन्धर
संगीता दुलाल
उर्मिला रावल
ममता थापा
दिलकुमारी अधिकारी कार्की
निश्चल श्रेष्ठ
समिता बस्नेत
अम्बिका सुवेदी
सिरता गुरुङ
उर्मिला श्रेष्ठ

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ७ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।