२७ माघ २०८२, सोमबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


इजरायलमा मारिएका चार विद्यार्थीको शव आइतबार आइपुग्ने



३ कात्तिक । इजरायलमा हमास समूहको आक्रमणमा परी निधन भएका चार जना नेपाली विद्यार्थीको शव आइतबार विहान काठमाडौं आइपुग्ने भएको छ।

तेल अबिबस्थित नेपाली दूतावासले पहिचान भएका चार विद्यार्थीको शव शनिबार नेपाल पठाउने जानकारी दिएको छ। हमास समूहको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये सम्पूर्ण कानूनी प्रक्रिया पूरा भएका ४ विद्यार्थीको शव भोलि दिउँसोको १ः२५ बजे फ्लाइदुबईको उडानबाट नेपाल पठाउन लागिएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

दूतावासका अनुसार ईजरायलबाट फ्लाइदुबईको उडान नं एफजेड१२१० मार्फत् दुबईसम्म तथा तत्पश्चात् फ्लाइदुबईकै उडान नं एफजेड८३५१ मार्फत् काठमाडौंसम्म पुग्ने गरी व्यवस्था मिलाइएको छ।

शव कार्तिक ५ गते, आइतवार विहान काठमाडौँ पुग्नेछ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ३ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।