२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


जुम्ल्याहा मोडल प्रिजा र प्रिन्सी नाच्दै गाँउदै ‘सलल’



४ कात्तिक । सामाजिक सञ्जाल टिकटकमार्फत मनोरञ्जन क्षेत्रमा उदाएका जुम्ल्याहा मोडल प्रिजा र प्रिन्सीको आर्कशक नृत्यसहितको भिडियो सार्वजनिक भएको छ ।
शुक्रबार अपरान्ह राजधानीमा एक कार्यक्रमकाबीच भिडियो सार्वजनिक गरिएको हो । भिडियोमा टेलिचलचित्र ‘तितो सत्य’बाट वाल कलाकार हुँदै अघि बढेका राज आचार्य र गायक समेत रहेका रोशन अधिकारीको नृत्य समेटिएको छ ।

भिडियोमा गायक रोशन अधिकारी र गायिका अश्मिता अधिकारीको स्वर हरेको छ ।

भिडियोमा रोशन, प्रिजा, प्रिन्सी र राजलाई गम्भीर बिष्टले करियोग्रफी गरेका छन्।

स्टार इन्टरटेनमेन्ट नेपालको ब्यानरमा बनेको गीतमा लेखु सहयात्रीको शब्द संगीत, उदय राज पौडेलको एरेन्ज, श्यामस्वेत रसाइलीको मिक्सिङ्ग तथा मास्टरिङ्ग रहेको गीतको भिडियोलाई दिन्सोन शाहले कलर करेक्सन गरेका हुन्।

पवन सुश्लिङ्गले खिचेको गीतको भिडियोको कन्सेप्ट तथा निर्देशन गम्भीर बिष्टले गरेका हुन्। भिडियोमा सुरेन्द्र बसेलको सह–निर्देशन रहेको छ।

 

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ३ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।