११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरमा हात्ती गाडीको ठक्करपछि एक वालिकाको मृत्यु



भक्तपुर
५ कात्तिक । भक्तपुरमा हात्ती गाडीको ठक्करपछि एक वालिकाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मध्यपुरठिमी नगरपालिका ७ कमेरेटारस्थित सडकमा बा.२० च ३०३१ नम्बरको हात्ती गाडीले वालिकालाई ठक्कर दिएको थियो । मोतिहारी घर भई सोही नगरपालिका ७ कमेरेटार डेरा गरी बस्ने गुड्डुलाल साहकी छोरी ४ वर्षीया आदिती साहको आइतबार बिहान मृत्यु भएको हो ।
आफ्नै डेरा अगाडि खेलिरहेको अवस्थामा उक्त गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो ।
गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी प्रकृया सुरु गरेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ३ : ५३ बजे