ललितपुर
७ कात्तिक । बडादशैंको अवसर पारेर चलचित्र ‘फुलबारी’ निर्माण पक्षले गत शनिबार फुलपातीको दिन सामाजिक सञ्जाल युट्युवमा प्रर्दशन ग¥यो ।
युट्युवमा आएपछि दशैं विदामा घर बसेका नेपालीहरु युट्युवमा झुम्मिएर हेरेपछि चार दिनमा २० लाख दर्शकले हेरेका छन् । दर्शकको उछालसँर्गै चलचित्र ‘फुलबारी’ एक नम्बर ट्रेन्डिङमा आएको छ ।
बक्सअफिसमा सफल भएको चलचित्र ‘फूलबारी’ हरेका धेरै दर्शकले चलचित्रबारे सकारात्मक प्रतिक्रिया दिएका छन् ।
पुर्वी इलाम आसपास छायांकन भएको यस चलचित्रमा अभिनेता अभिनेता विपिन कार्की र अभिनेत्री अरुणा कार्कीले अभिनय गरेका छन् । चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतका अभिनय हेर्न सकिन्छ ।
यसोदा फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्र ‘फुलबारी’ कालीप्रसाद बाँस्कोटार अनुपम शर्माको संगीतले संगीत भरेका छन् भने निमेष श्रेष्ठले चलचित्रको सम्पादन गरेका छन् ।
चलचित्र मणिराम पोखरेलको र मनिष ढकालले निर्माण गरेका थिए ।
जीवनको उत्तरार्धमा हुने पारिवारिक परिस्थिती चलचित्रमा सुन्दर ढंगबाट देखाइएको छ ।
हेर्नुस चलचित्र ‘फुलबारी’ :
प्रतिक्रिया