काठमाडौँ
७ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दसैँको टीका लगाएका छन् । साथै गुरु पुरोहितबाट पनि दसैँको दीका, जमरा, प्रसाद लिएका छन् ।
शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज राष्ट्रपति पौडेलले दसैँको शुभ साइत ११ बजेर २ मिनेटमा टीका प्रसाद लगाएका हुन् । आफू टीका ग्रहण गरेपछि उहाँले परिवारका सदस्यलाई टीका लगाइएका थिए ।
विजया दशमीका अवसरमा आज राष्ट्रपति पौडेलले अति विशिष्ट व्यक्तित्वहरुलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधरणका लागि ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद लगाउने कार्यक्रम छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा विजया दशमीको दिन शीतल निवास राष्ट्रपति कार्यालय सम्माननीयहरु, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, प्रदेश प्रमुखहरु, न्यायाधीशहरु, सांसद, संवैधानिक निकायमा प्रमुख एवम विशिष्ट व्यक्तित्वहरुलाई २ बजेदेखि ३ बजेसम्म टीका प्रसाद लगाइदिने र सर्वसाधरणका लागि ३ देखि ५ बजेसम्म टीका प्रसाद गर्ने कार्यक्रम तय गरिएको हो ।
अतिविशिष्ट, विशिष्ट तथा सर्वसाधारणका लागि लगाउर्न आउँदा मर्यादित पोषकमा १ नम्बर प्रवेशद्वारबाट आउन भनिएको छ ।








प्रतिक्रिया