११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीबाट भारतीय नागरिकहरुको पैसा लुटपाट गरेको अभियोगमा तीन जना पक्राउ



काठमाडौं
१२ कात्तिक । भारतीय नागरिकहरुको पैसा लुटपाटको आभियोगमा तीन जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २७ ठमेलस्थित वाल्डो होटलमा कात्तिक ९ गतेदेखि बस्दै आएका २ जना भारतीय नागरिकको नगद लुटपाट गरेको अभियोगमा काठमाडौं महानगरपालिका १६ माछापोखरीस्थित किङ्स अकबरे ममः रेष्टुरेन्टका संचालक नुवाकोट ककनी गाउँपालिका ७ घर भएका २७ वर्षीय उमेश लामासमेत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई ग्रिन टि सस्तोमा मिलाईदिन्छु भन्दै ६ जनाको समूहले होटल अगाडिबाट ट्याक्सीमा सोही महानगरपालिका १६ माछापोखरीस्थित रोयल लाउन्ज एण्ड बारमा पु¥याई कुटपिट गरी पीडितसँग रहेको ४९ हजार नेपाली र ५० हजार भारतीय रूपैयाँ ट्रान्सफर गरी लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई बालाजु चोकबाट बा.८६ प २१४२ नम्बरको मोटरसाइकल, नगद ५९ हजार ३ सय ५५ रूपैयाँ,मोवाईल ४ थान र एनटिसी तथा एनसिएलको १२ थान सिमकार्डसहित पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ६ : ३४ बजे