२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गणतन्त्र दिवसमा राष्ट्रपतिबाट आममाफी पाएका थापा ज्यान मार्ने धम्कीपछि फेरि पक्राउ



१४ कात्तिक । गणतन्त्र दिवसमा राष्ट्रपति रामचन्द्र पौडेलले आम माफी दिएर छुटेका रामचन्द्र थापा ज्यान मार्ने धम्कीको आरोपमा फेरि पक्राउ परेका छन् ।
उनले २५ लाख रुपैयाँ माग गरेको आरोपमा ५५ वर्षको रामचन्द्र उनलाईलाई प्रहरील पक्राउ गरेको हो ।
मकवानपुर हेटौडा उपमहानगरपालिका स्थायी ठेगना भई भरतपुर महानगरपालिका वडा नं.९ मा बस्दै आएका थापाले भरतपुर महानगरपालिका वडा नं. १ बस्ने सोमराज सुवेदीलाई फोन गरी उनलाई र छोरालाई गोली हानी हत्या गर्छु भन्दै २५ लाख रुपैयाँ मागेका थिए ।
डाँका मुद्दामा ९ वर्ष कैद तोकिएकोमा गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ४ वर्ष ६ महिना तीन दिन कैद भुक्तानपछि बाँकी अवधि माफी दिएर छुटाएका थिए ।

 

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  २ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।