१८ कात्तिक । शुक्रबार मध्यराती पश्चिम नेपालको जाजरकोट केन्द्रविन्दु रहेको शक्तिशाली भुकम्पको धक्का गएको छ ।
खनिज तथा भूगर्भविज्ञानका बरिष्ठ डिभिजनल सिस्मोलोजिष्ट लोकविजय अधिकारीका अनुसार जाजरकोटको रामिडाँडा आसपास केन्द्र विन्दु रहेको ६ दशमलभ ४ रेक्टरस्केलको भुकम्प रेकर्ड भएको छ ।
उनका अनुसार मध्यराती ११ बजेर ४७ मिनेट जाँदा भुकम्पको धक्का गएको थियो । भुकम्पको धक्का काठमाडौं उपत्यकादेखि भारतको नयाँ दिल्लीमा समेत भहसुस भएको थियो । विभिन्न सञ्चारमाध्यमहरुले उल्येख गरे अनुसार जाजरकोटमा केही घर भत्किएका छन् ।
मध्यरातीको बेला रहेकाले पश्चिम नेपालमा भएको क्षतिबारे समाचारहरु तत्काल प्राप्त हुन सकेको छैन ।
पछिल्ला महिनाहरुमा पश्चिम नेपालमा लगायार भुकम्प गइरहेको छ ।
लामो समयसम्म यस ठाँउमा भुकम्प नगएकाले शक्ति सञ्चय भइरहेको छ । ठ”लो भुकम्प जान सक्ने भुगर्भविद्हरुले बताउदै आएका छन् ।
१७ कार्तिक २०८०, शुक्रबार
182
Shares








प्रतिक्रिया