७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, पाँच घाइते



बाजुरा
१९ कात्तिक । धनगढीबाट बाजुरा आउँदै गरेको जीप डोटीको शिखर नगरपालिका ६ स्थित केआइसिंह राजमार्गको अण्यौलमा आज विहान दुर्घटना हुँदा बाजुराका चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

ग२च २७७६ नम्बरको जीप अनियन्त्रियत भई सडकबाट करिब ६० मिटर तल खस्दा चार जनाको मृृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
मृत्यु हुनेमा हिमाली गाउँपालिका ५ का २२ वर्षीया राधिका मलाल, उनकी अन्दाजी आठ महिनाकी छोरी प्राथना, ३२ वर्षीया धनशोभा बुढा र छ वर्षीय कविन्द्र बुढा रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । घाइते हुनेमा हिमाली ५ का ३० वर्षीय प्रकाश बुढथापा, २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा, २१ वर्षीय विमलाल मलाल र २१ वर्षीय राजबहादुर मलाल रहेको छन् ।

घाइतेको दियायलको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप चालक महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  २ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।