२० कात्तिक । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्प पीडितका लागि एक करोड ११ लाख रुपैयाँ सहयोग गरेका छन्।
गुरुङले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन्।
आज (सोमबार) बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर गुरुङ दम्पतीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एक करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
प्रतिक्रिया