२७ माघ २०८२, सोमबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बाजुरामा फेरि अर्को भुकम्पको धक्का



काठमाडौं
२१ कात्तिक । बाजुरा फेरि अर्को भुकम्पको धक्का गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुरालाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको कम्पन गएको हो ।

गत शुक्रबार मध्यराती ६.४ म्याग्निच्युटको भुकम्पपछि यस क्षेत्रमा निरन्तर साना ठूला भुकम्प र पराकम्प गइरहेको छ । धक्का आज मध्याह्न १२ बजेर ५८ मिनेट जाँदा कम्पन गएको हो ।

केही समयअघि सुदूरपश्चिमकै बझाङमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो भने यही कात्तिक १७ गत शुक्रबार राति जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्प जाँदा ठूलो मानवीय क्षति भएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ८ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।