२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र पशुपतिप्रसाद ३ निर्माण हुने



२४ कात्तिक । चलचित्र पशुपति प्रसादको तेस्रो श्रृंखला निर्माण हुने भएको छ। शुक्रबार पशुपति प्रसाद २ भष्मे डन चलचित्र चौथो हप्तामा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा यसबारेमा जानकारी गराइएको हो।
चलचित्रका निर्माता एवं अभिनेता खगेन्द्र लामिछानेले यसबारेमा जानकारी गराए। उनले सिनेमा हलमा दर्शकहरूले तेस्रो श्रृंखला कहिले ल्याउने भन्ने प्रश्न गरेकाले यत्तिको लामो समय नलगाउने तर चलचित्र निर्माण हुने घोषणा गरे।

चलचित्रप्रति आफूहरू खुसी भएको उनले बताए।

त्यस्तै निर्देशक दीपेन्द्र के खनालले अपेक्षा गरेअनुसार पशुपतिप्रसाद जस्तो पशुपतिप्रसाद–२ नभएको बताए। उनले पशुपतिप्रसादमा भन्दा कम मात्रै दर्शकले रुचाएको पनि बताए। उनले दर्शकलाई नढाँटीकन आफूहरूले काम गरेको बताउँदै उनले ७० प्रतिशत दर्शकले तेस्रो श्रृंखला खोजेको बताए।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ३ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।