११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बल्खुमा एक जना मृत फेला



काठमाडौँ
२६ कात्तिक । काठमाडौँ महानगरपालिका १४ बल्खुस्थित सुकुम्वासी बस्तीको टहरामा बस्दै आएका मोरङ पथरी शनिश्चरे नगरपालिका १ का स्थायी बासिन्दा ४५ वर्षीय गोकुल खड्कालाई प्रहरीले मृत अवस्थामा फेला परेको छ ।
यसैगरी, अर्घाखाँचीको मालारानी गाउँपालिका ३ ढाडमसिना सामुदायिक वनको भीरमा सोही गाउँपालिका ३ खनार बस्ने ७० वर्षीय छविलाल खत्रीको आजै शव भेटिएको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिन्धुलीको दुधौली नगरपालिका ५ सिर्थौली बस्ने ६० वर्षीय सर्लु कुमारको कमला खोलामा डुबेर आज मृत्यु भएको छ । नुहाउने क्रममा उनी डुबेका हुन् । तीनवटै घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  २ : ४० बजे