९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको माइतीघरमा निषेधाज्ञापछि युवा संघको प्रदर्शन तीनकुनेमा



४ मंसिर । काठमाडौंको माइती घर मण्डलामा सरकारले प्रर्दशन गर्न रोक लगाएपछि नेकपा एमालेको भातृ संगठनले तीनकुनेमा प्रर्दशन गर्ने भएको छ ।
युवा संघका अध्यक्ष क्षितिज थेवेले विज्ञप्ती प्रकाशन गरेर तीनकुनेमा भेला हुन आह्वान गरेका छन् ।
सरकारले एक महिनासम्म काठमाडौंको बानेश्वरदेखि माइतीघर मण्डलासम्म प्रर्दशन गर्न नमिल्ने गरि निषेधाज्ञा जारी गरेपछि युवा संघको यो निर्णय आएको हो ।
महँगी लगायतका विभिन्न मुद्दा उठाएर सरकारको ध्यानाकर्षण गर्ने भन्दै युवा संघले प्रर्दशनको घोषणा गरेको भए पनि व्यावसायी तथा अभियन्ता दुर्गा प्रसाईले सोही दिन राजधानीमा प्रर्दशन कार्यक्रम आयोजना गरेसँगै सम्भावित झडपको आकलन गरेर सरकारले यो निषेधाज्ञा जारी गरेको बुझिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ४ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।