२७ माघ २०८२, सोमबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपालकी रुक्सना कपाली बीबीसीको प्रभावशाली सय महिलाको सूचीमा



५ मंसिर । बीबीसीले हरेक वर्ष सार्वजनिक गर्ने विश्वभरका प्रभावशाली सय महिलाहरुको सूचीको सन् २०२३ को संस्करणमा ललितपुरकी रुक्सना कपाली परेकी छिन् । बीबीसीको यो सूचीमा नेपालकी पारलिंगी महिला (ट्रान्सजेन्डर वुमन) कपाली पनि परेकी हुन् ।

बीबीसीकाअनुसार कपालीले ट्रान्सजेन्डर समूदायको मानवअधिकारका लागि नेपालमा काम गरेकाले उनलाई यो सूचीमा समावेश गरिएको हो । नेपालमा एलजीबिटिक्यु प्लस समुदायको कानुनी तथा संवैधानिक अधिकारका लागि सक्रिय रुपमा उनले काम गरिरहेकी छिन् । उनी युवा अवस्थामा आफ्नो लैंगिकताबारे खुलेर बाहिर आई सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट एलजिबिटिक्यु समुदायका लागि काम गरिरहेको बीबीसीले जनाएको छ ।

कपाली हाल कानुन संकायमा तेस्रो वर्षमा अध्ययरत छिन् । नेवार समुदायको अल्संख्यक समुदाय जुगीबाट रहेकी उनले सो क्षेत्रका मानिसहरुको अधिारका लागि पनि काम गरिरहेकी छिन् ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ९ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।