३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रपति निवास र बालुवाटार क्षेत्रमा पनि निषेधज्ञा जारी



५ मंसिर । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति निवास महाराजगन्ज र प्रधानमन्त्री निवास बालुवाटार आसपास क्षेत्रमा पनि निषेधज्ञा जारी गरेको छ।
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको बैठकले थप दुई क्षेत्रमा निषेधज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ।

मंगलबार विज्ञप्त जारी गर्दै प्रशासनले राष्ट्रपति निवासको पूर्वतर्फ पवित्र वर्कशप, पश्चिमतर्फ सामाखुसी निस्कने नाला, उत्तरतर्फ राष्ट्रिय प्रहरी प्रतिष्ठानको दक्षिणी पूर्वी गेट र दक्षिणतर्फ प्रहरी अस्पताल जाने मोडसम्म निषेधज्ञा जारी भएको जानकारी दिएको छ।

त्यस्तै प्रधानमन्त्री निवासका लागि पवित्र वर्कशप चोकदेखि बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोकसम्म र सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण सय मिटरसम्म निषेधज्ञा जारी गरेको प्रशासनले जनाएको छ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ५ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।