११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं उपत्यकामा मध्यराती भुकम्पको धक्का



७ मंसिर
काठमाडौं । काठमाडौं उपत्यकामा मध्यरातमा भुकम्पले धक्का दिएको छ । मध्यराती राति १ बजेर १९ मिनेटमा भुकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भुकम्प काठमाडौं, भक्तपुर र ललितपुरमा समेत महसुस भएको हो ।
रातको समयमा भुकम्प गएकाले राजधानीबासी मस्त निन्द्रामा भएकाले त्रासदी भने फैलिन पाएन । पछिल्लो २०७२ सालपछि देशका विभिन्न भूभाग केन्द्रविन्दु भएर भुकम्पको धक्मा निरन्तर गइरहेको छ ।
गत कात्तिक १७ गते जाजरकोटमा ६ दशमलभ ४ म्याग्निच्युटको भुकम्प गएपछि यो क्रम बढेको छ ।

 

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  २ : ०७ बजे