२७ माघ २०८२, सोमबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भयानक मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु,एक घाइते



सिरहा
७ मङ्सिर । सिरहाको सिराहा नगरपालिका १९ सन्हैठास्थित हुलाकी राजमार्गमा बुधबार दुई मोटरसाइकल आपसमा ठोक्किएर भएको भयानक दुर्घटनामा तीन युवकको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार मृत्यु हुनेमा सिराहाको अर्नामा गाउँपालिका ५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह छन् ।

प्रवक्ता पाण्डेका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स२प ४५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुवै मोटरसाइकलका चालकले हेलमेट लगाएका थिएनन् । घाइते १५ वर्षीय युवराजकुमार यादवलाई उपचारका लागि गए राति नै विराटनगर लगिएको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ३ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।