४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र सतिदेवि : अभिनेत्री मलिका महतको घाटीमा जुत्ताको माला र अनुहारमा कालो मोसो



७ मंसिर । चलचित्र सतिदेविको नाम सुन्दा धार्मिक चलचित्रको भान हुन्छ । तर विहीबार सार्वजनिक पोस्टरले चलचित्र राजनीतिक हो कि भन्ने छनक दिएको छ ।
चलचित्रकी अभिनेत्री मलिका महतको घाटीमा जुत्ताको माला र अनुहारमा कालो मोसो दलेर गाउँलेहरूले लखेट्दै गरेको तस्विर पोस्टर सार्वजनिक गरिएको छ
पत्रकार समेत रहेका लक्ष्मण सुवेदीको कथा र निर्देशन रहेको यस चलचित्रले दर्शकहरुप्रति चासो र रुचि बढाएको छ ।
दिलासा र साराको प्रस्तुतिमा तयार भएको चलचित्र ‘सतीदेवी’ मा अभिनेत्री मलिका महत्तसँगै हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनिषा सापकोटा, जयन्त रेग्मी, बिमल श्रेष्ठ, देव महर्जन, तुलसी श्रेष्ठ, इभेन जोशी, इश्वरी सिंह, पवन केसी र जगदिश अधिकारीको अभिनय छ ।
चलचित्रको छायांकन बाबु श्रेष्ठले गरेका छन् भने तारा थापाको सम्पादन, दीपक शर्मा र सुवास थापाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, देव महर्जनको एक्सन छ ।

 

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ३ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।