११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


तीनकुनेमा दुर्गा प्रसाईको प्रर्दशनमा सहभागी नहुन प्रशासनको उर्दी



ललितखबर
८ मंसिर । आज शुक्रबार राष्ट्र,राष्ट्रियता, धर्म संस्कृती बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले गर्ने प्रर्दशनमा सहभागी नहुन जिल्ला प्रशासन काठमाडौंले सूचना प्रकाशित गरेर उर्दी जारी गरेको छ ।
आन्दोलककारीले सद्भाव विथोल्ने र दंगा भड्काउने उद्देश्यले प्रर्दशन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौका सहायक सिडियो रविन्द्रप्रसाद आचार्यले सूचना प्रकाशित गरेर सो जुलुसमा नजान अनुरोध गरेका हुन् ।
निशेधित क्षेत्रमा प्रवेश गर्ने उद्देश्यले सो प्रर्दशन गरेको भन्दै प्रशासनले लिखित रुपमा प्रर्दशनका लागि कुनै पत्र नआएको र पत्र आए समन्वयमा सुरक्षा प्रदा नगरिने जानकारी दिएको छ ।
प्र्रशासनको उर्दीपछि प्रसाईले अहिले केही समयपछि आफ्नो धारणा सार्वजनिक गर्न प्रत्रकार भेटघाट गर्ने भएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ३ : ४३ बजे