११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौँको मौसम सफा



काठमाडौँ
९ मङ्सिर । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ ।
रहेकाले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहे पनि काठमाडौं उपत्यकामा भने मौसम सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भेगमा मौसम सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हिमपातको सम्भावना छ ।
आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली हुनुका साथै देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिउँ पर्ने विभागले जनाएको छ ।

 

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ४ : ५६ बजे