१० मंसिर । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
मौसम बुलेटिन प्रकाशन गर्दै महाशाखाले आज आइतबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने छ। बुलेटिनका अनुसार बाँकी पहाडी भू–भागमा आंशिक बदली र तराई भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको अनुमान छ ।








प्रतिक्रिया