४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नेवार समुदायको ‘आस्थामा चोट’पुर्‍याएको मुद्दामा कमेडियन अपूर्व क्षितिजलाई जरिवाना



१२ मंसिर । नेवार समुदायको आस्थामाथि चोट पुर्‍याउने गरी व्यंग्य गरेको भन्दै दायर गरिएको मुद्दामा कमेडियन अपूर्व क्षितिज दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतले उनले नेवार समुदायको आस्थामाथि व्यंग्यमार्फत अनादर गरेको ठहर गरेकोझ हो। उनले ‘नेवारको परम्परा’ भन्ने स्ट्यान्डअप कमेडी गरेका थिए। आफूमाथि १० हजार रुपैयाँ जरिवाना भएको उनले बताएका छन्।

उनले भनेका छन्,’नेपालमा अभिव्यक्ति स्वतन्त्रता सकिएकै रहेछ, देश र सरकार त त्यस्तै हो, अलिकति न्यायपालिकासँग आशा थियो, त्यो पनि मरेर गयो।’

आफूलाज्ञ दोषी ठहर गरेर कलामार्फत्‍ कुनै समुदायलाई चित्रण गर्ने अवस्थालाई बन्देज लगाइएको समेत बताएका छन्। पहिलोपटक यस्तो मुद्दा आएको बताउँदै यही नजिरले आगामी दिनमा कलाकारलाई निश्चित समुदायको पात्र चित्रण गर्न असहज हुनसक्ने उनको भनाइ छ।

 

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ११ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।