२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नेपाली चलचित्र ‘हिटम्यान’ अन्र्तराष्ट्रिय बजारमा, संसारभरका दश भाषामा प्रर्दशन हुने



काठमाडौ
१७ मंसिर । नेपाली चलचित्र ‘हिटम्यान’ अन्र्तराष्ट्रिय बजारमा प्रवेश गर्ने भएको छ ।

चलचित्रलाई बिश्वब्यापी प्रर्दशन गर्ने उद्देश्य सहित बनाइएको इन्डो नेपाली फिल्म नेपालीसंगै हिन्दी, तिलुगु, तमिल, कन्नडा, मल्यालम, अरबी र चाईनिज गरी दश भाषामा प्रर्दशन गरिने भएको  हो ।

आइतबार राजधानीमा एक कार्यक्रममा बीच चलचित्र ‘हिटम्यान’को मोशन पोस्टर र टिजर प्रर्दशन गरिएको छ । नेपालको काठमाडौं र पोखरा अनि भारत, फ्रान्सको पेरिस तथा दुवैमा खिचिएको छ ।

आगामी फागुन अर्थात् फेब्रुअरीमा रिलिज गरिने यस चलचित्रको अफिसियल प्रदर्शन मिति केही समयमा सर्वजनिक गरिने निर्माता तथा निर्देशक बिष्णु अधिकारीले बताए ।

चलचित्रको टिजरमा मुख्य कलाकार विष्णु अधिकारी देखिएका छन् । टिजरमा आँचलको भने कुनै पनि दृश्य समावेश छैन ।
पत्रकार सम्मेलनमा उपस्थित आँचलले टिजरमा आफू नदेखिएको बताइन् । सिनेमाको ट्रेलरमा भने भारतसँगै नेपाली दृश्य र कलाकार समेत देखिने कलाकार विष्णु अधिकारीले बताए ।

यो चलचित्रमा प्रशान्त ताम्राकार र मिलन सिजापतिको पनि मुख्य भूमिका छ । केही अभिनेत्रीहरुसँग आफूहरुले कुरा गरेपनि अन्तिममा आँचल शर्मा भूमिकामा फिट भएको विष्णुले बताए । सिनेमाले नेपालको सुन्दरता प्रस्तुत गर्ने उनको भनाइ छ ।

आँचलले तेलुगू चलचित्र भएपनि आफूले नेपाली भाषा नै बोलेको बताइन् । तर, आफूले तेलुगू भाषा भने केही सिकेको उनले बताइन् ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  २ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।