११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीमा दुई जना शौचालय नजिकै मृत फेला



काठमाडौं
१७ मंसिर । राजधानीमा दुई जना शौचालय नजिकै मृत फेला परेका छन् ।
प्रहरीका अनुसार एक जना भक्तपुरको बोडे र अर्को जना ललितपुरको भैसेपाटीमा शौचालय नजिकै मृत फेला परेका थिए । संयोगले फरक फरक ठाँउमा दुवै जना शौचालय नजिक मृत फेला परेका हुन् ।
भक्तपुको मध्यपुर ठिमी नगरपालिका ९ बोडेस्थित प्रयोगमा नरहेको सार्बजनिक शौचालयको पेटीमा दोलखा काटाकुटी गाउँपालिका २ घर भएका ४१ वर्षीय निमा लामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
उनी बोडे क्षेत्रमा मजदुरी काम गर्दै उक्त पेटीमा बस्दै आएको खुल्न आएको छ ।
ललितपुरको ललितपुर महानगपालिका २५ भैंसेपाटी ओकाथली डेरा गरी बस्ने झापा घर भएकी ४० वर्षिया एलिना राई आफु बस्ने कोठाको बाहिर पट्टिको शौचालयमा आइतबार मृत अवस्थामा फेला परेकी छन् ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  २ : ४० बजे