३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पक्राउ पुर्जीपछि विप्लवले घोषणा गरे तीन दिने आन्दोलन



१९ मंसिर । आफूसहितका नेताहरूविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी गरेपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

२०७६ पुसको मुद्दा ब्यूँताएर अदालतले दुई दिनअघि महासचिव कमरेड विप्लब सी, प्रवक्ता प्रकाण्ड सी र पोलिटब्युरो सदस्य माइला सी लगायतका नाममा पक्राउ पुर्जी जारी गरेपछि आन्दोलन घोषणा गरिएको हो।

विप्लवले अदालतको उक्त कार्य २०७७ फागुन २१ गते भएको ३ बुँदे सहमतिको ठाडो उल्लंघन भन्दै बाँकी समस्यालाई शान्तिपूर्ण निकास दिन भइरहेका गम्भीर पहलमाथिको हमला भनेका छन्।

अदालतको उक्त कदमलाई विप्लवले गैरकानुनी, असभ्य एवं अराजक कार्य भन्दै भर्त्सना गरेका छन्। सरकारले प्रतिबन्ध हटाउँदा गरिएको ३ बुँदे सहमतिमध्ये एउटा बुँदा पार्टी नेता कार्यकर्ताविरुद्धका मुद्दा फिर्ता लिने र बन्दी मुक्त गर्ने उल्लेख रहेको उनले स्मरण गराएका छन्।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ९ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।