४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


भिडियो विवादमा आएपछि गायक प्रकाश भन्छन्,‘लज्जित छु, क्षमा चाहन्छु’



२१ मंसिर । इनारमाथि नाचेको भिडियोको विषयमा गायक प्रकाश सपुतले माफी मागेका छन्। सामाजिक सञ्जालमार्फत सपुतले आफू लज्जित भएको माफी मागेको बताएका हुन्।

उनले लेखेका छन्, ‘यो भिडियोको सर्जक, गायक, निर्माता र निर्देशक अरु नै हुनुहुन्छ, म होइन ! म कलाकारको रुपमा त्यहाँ थिए र मलाई त्यसरी इनार माथि चढ्न हुदैन्थ्यो भन्ने हेक्का त्यति खेर भएन। मेरो अज्ञानता प्रति लज्जित छु। विशेष गरेर यसलाई आफ्नो आस्था र विश्वास मान्दै आउनु भएको नेवास् समुदाय प्रति क्षमा चाहन्छु। अन्जानबस यो दृश्यले संसारभरी रहनुभएका प्रिय शुभेच्छुकहरूलाई निराश बनाएको मा म दुखी छु। मनै देखि दुखी छु।’

४ महिना अघि बसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा रहेको एक इनारमाथि चढेर ‘कमाउने नि हो, रमाउने नि हो’ तीज गीतमा डान्स गरिरहेको म्युजिक भिडियोको एक क्लिप भाइरल भएपछि गायक सपुत विवादमा तानिएका थिए।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ९ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।