११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंका बजारमा क्रिसमस ट्रि सझाउन निषेध



२२ मंसिर

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लास्टिकका क्रिसमस ट्रि राख्न निषेध गरेको छ । भाटभटेनी सुपरमार्केट लगायतका विभिन्न सपिङ मलमा राखिएका क्रिसमस ट्रि महानगर प्रहरी बलले हटाएको हो ।

राजधानीका सुपरमार्केहरु क्रिसमसको अवसर पारेर केह ीबर्षदेखि क्रिसमस ट्रि राखेर सझाउने गरेका छन् । यो तिहारको बेला हिन्दु धर्मालम्बीहरुले प्रयोग गर्ने प्लाष्टिकको मालामा प्रतिबन्ध लगाएको महानगरले क्रिसमसमा पनि क्रिसमस ट्रि राख्न रोक लगाएको हो ।

हरेक वर्ष २५ डिसेम्बरमा क्रिसमस मनाइनछ । यो बर्ष क्रिसमस यही पुस ९ गते परेको छ ।

प्लास्टिकका क्रिसमस ट्रिका कारण वातावरण प्रदूषण हुने भन्दै महानगरपालिकाले निषेध गरेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ५ : १४ बजे