११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ताहाचलबाट राइफल र बन्दुक डकैती गर्ने ३ जना पक्राउ



२२ मंसिर । गतमंसिर १६ गते काठमाण्डौ वडा नं. १३ ताहाचलबाट दुई वटा साइफर र एउटा बन्दुक डकैती गरेर लगेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार ताहाचलस्थित ७४ बर्षिय पुष्प जोशीको घरबाट ईजाजत पत्र सहितको दुई नाले ४१० बोरको टोटावाल बन्दुक थान १ र जेड २१६२२९ को २२ बोरको राईफल थान १ गरी २ थान हतियारहरु अज्ञात समूहले डाँका चोरी गरेर लगेको थियो ।
डकैतीको सूचनापछि प्रहरीले सुनसरी बराह नगरपालिका वडा नं. ३ घर भई जिल्ला काठमाण्डौ काठमाण्डौ महानगरपालिका वडा नं. १४ डेरा गरी बस्ने बर्ष ३६ को दिलिप माझी,जिल्ला काठमाण्डौ काठमाण्डौ महानगरपालिका वडा नं. १३ ताहाचल बस्ने बर्ष २१ को कुशल मल्लिक र जिल्ला काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका वडा नं.३ स्थायी घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ४ ईमाडोल स्थित डेरा गरि बस्ने बर्ष २७ की काजल कुमारी भुजेललाई पक्राउ गरेको छ ।
उनीहरुको साथबाट प्रहरीले दशीप्रमाणका रुपमा खुँडा २ थान, खुकुरी ६ थान,हँसिया १ थान, फलामको चुप्पी १ थान,बन्चरो १ थान र मोटरसाइकलको २ थान पक्राउ गरेको छ ।
पक्राउ परेका व्यक्तिहरुलाई डाँका चोरी तथा हातहतियार खरखजना सम्बन्धी कसूर मुद्धामा काठमाण्डौ जिल्ला अदालतबाट आज ५ दिन म्यादथप भई प्रहरी वृत्त कालिमाटीबाट थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ३ : ०५ बजे