११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


थानकोटमा कन्टेनरले स्कुटरलाई ठक्कर दिदा युवतीको मृत्युपछि स्थानीयले गरे सडक बन्द



 

२३ मंसिर । काठमाडौंको थानकोट सडकमा एक कन्टेनरले एक स्कुटरलाई ठक्कर दिदा एक युवतीको मृत्यु भएको छ । युवतीको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् ।

थानकोटबाट नागढुंगातर्फ जाँदै गरेको बा ८८ प ७९५५ नम्बरको स्कुटरलाई प्रदेश ३–०१–००६ ख १३०८ नम्बरको कन्टेनरले ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते चन्द्रागिरि नगरपालिका २ नागढुंगा निवासी अस्मिता भण्डारीको उपचारका क्रममा मृत्यु भएको थियो भने उनका श्रीमान श्रीधर भुर्तेलको उपचार भइरहेको छ ।

कलंकी नागढुंगा सडक खण्डअन्तर्गत शुक्रबार दिउँसो भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएपछि स्थानीयहरूले थानकोट तथा नागढुंगा क्षेत्रमा सडक अवरूद्ध पारेका छन् ।

दोषीलाई यथासिघ्र कारबाही तथा पीडितलाई न्यायोचित क्षतिपूर्तिको माग गर्दै स्थानीयले सडक अवरूद्ध गरेका हुन् । स्थानीयहरूले दुर्घटनामा संलग्न कन्टेनरको व्यवस्थापन पक्ष अहिलेसम्म सम्पर्कमा नआएको भन्दै सडकमा प्रदर्शन गर्न बाध्य भएको बताएका छन् । प्रहरीले भने सम्बन्धित पक्षलाई सम्पर्कमा ल्याउने प्रयास जारी रहेको बताएको छ ।

स्थानीयबासीहरूले दुर्घटनास्थल थानकोट खरिबोट र नागढुंगा चोकमा भेला भएर सडक अवरूद्ध गरिरहेका छन् ।

सडकमा नै सवारी साधन तेर्स्याएर स्थानीयहरू विरोधमा उत्रिएपछि प्रहरीले अवरूद्ध सडक खुलाउने प्रयास गरिरहेको छ ।

 

 

 

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ६ : ४५ बजे