२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


थानकोटमा कन्टेनरले स्कुटरलाई ठक्कर दिदा युवतीको मृत्युपछि स्थानीयले गरे सडक बन्द



 

२३ मंसिर । काठमाडौंको थानकोट सडकमा एक कन्टेनरले एक स्कुटरलाई ठक्कर दिदा एक युवतीको मृत्यु भएको छ । युवतीको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् ।

थानकोटबाट नागढुंगातर्फ जाँदै गरेको बा ८८ प ७९५५ नम्बरको स्कुटरलाई प्रदेश ३–०१–००६ ख १३०८ नम्बरको कन्टेनरले ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते चन्द्रागिरि नगरपालिका २ नागढुंगा निवासी अस्मिता भण्डारीको उपचारका क्रममा मृत्यु भएको थियो भने उनका श्रीमान श्रीधर भुर्तेलको उपचार भइरहेको छ ।

कलंकी नागढुंगा सडक खण्डअन्तर्गत शुक्रबार दिउँसो भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएपछि स्थानीयहरूले थानकोट तथा नागढुंगा क्षेत्रमा सडक अवरूद्ध पारेका छन् ।

दोषीलाई यथासिघ्र कारबाही तथा पीडितलाई न्यायोचित क्षतिपूर्तिको माग गर्दै स्थानीयले सडक अवरूद्ध गरेका हुन् । स्थानीयहरूले दुर्घटनामा संलग्न कन्टेनरको व्यवस्थापन पक्ष अहिलेसम्म सम्पर्कमा नआएको भन्दै सडकमा प्रदर्शन गर्न बाध्य भएको बताएका छन् । प्रहरीले भने सम्बन्धित पक्षलाई सम्पर्कमा ल्याउने प्रयास जारी रहेको बताएको छ ।

स्थानीयबासीहरूले दुर्घटनास्थल थानकोट खरिबोट र नागढुंगा चोकमा भेला भएर सडक अवरूद्ध गरिरहेका छन् ।

सडकमा नै सवारी साधन तेर्स्याएर स्थानीयहरू विरोधमा उत्रिएपछि प्रहरीले अवरूद्ध सडक खुलाउने प्रयास गरिरहेको छ ।

 

 

 

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ६ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।