६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


घरेलु हिंसामा आधारित टेलीसिरियल ‘सिन्दुर पोते’(भिडियो)



२५ मंसिर । टेलिसिरियलको भीडमा नयाँ टेलिसिरियल थपिएको छ । नेपाली समाजमा नारीहरूले भोग्दै आएको कथा व्यथामा, घरेलु हिंसा, महिला हिंसामा आधारित टेलीसिरियल ‘सिन्दुर पोते’ थपिएको हो। सिरियलका लेखक तथा निर्देशक राजबहादुर साने हुन् ।

सिरियलमा किशोर खतिवडा, काजल भुजेल, जानुका वीके, सपना श्रेष्ठ, कृष्ण खड्का, शुभम गौतम, मोहन भण्डारी, श्रद्धा कँडेल, एकराज थापा, करिश्मा खतिवडा, नविन घिमिरे, दुर्गेश थापा, अनिता श्रेष्ठ, सुशील थापा, धर्मराज फुँयाल, शशिला फुयाल, डेन्जर दादा, सिता कार्की र टुपीको अभिनय छ ।

सिरियलमा पुर्ण स्वायोगको पाश्र्व संगीत र सबटाइटल, वीरेन्द्र परियारको छायांकन, चेतन सामतको सम्पादन, कलर र लोगो, देव कुमार महर्जनको एक्सन, विशाल बराल र रतन नेपालीको सह निर्देशन, देवकुमार महर्जनको एक्सन र कृष्णबहादुर भट्टराई र काजल भुजेलको निर्माण छ ।

कृया टिभिको युट्युब च्यानलबाट हरेक शनिबार बेलुका ५ बजे सार्वजनिक हुने बताइएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ७ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।