५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘वरिष्ठ बलराम’ को प्रदर्शन मिति तय



२५ मंसिर । सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘वरिष्ठ बलराम’ को प्रदर्शन मिति तय भएको छ। निर्माता रोहित अधिकारीले फेसबुकमा एक पोस्टर सार्वजनिक गर्दै आगामी वर्षको हरितालिका तीजमा फिल्म रिलिज हुने जानकारी दिएका हुन्।
यस फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने र दिव्या रायमाझीको मुख्य भूमिका रहने छ। कलाकार दीलिप रायमाझीकी छोरी दिव्याले यसै फिल्ममार्फत डेब्यू गर्न लागेकी छन्।
खगेन्द्र लामिछानेको कथा रहेको फिल्मको छायाङ्कन चाँडै सुरु गरिने समेत निर्माण टिमले जनाएको छ।अधिकारीसहित ओमप्रकाश अग्रवालको फिल्ममा लगानी रहेको छ। त्यसैगरि, मनोज ओली र रामु न्यौपाने सह-निर्माता रहेको फिल्ममा नरेन्द्र मैनालीको छायाङ्कन रहेको छ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  १ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।