२७ माघ २०८२, सोमबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौंको मुलपानी र मनमैजुमा एक एक जना पुरुष मृत फेला



काठमाडौं
२५ मंसिर । काठमाडौंको मुलपानी र मनमैजुमा एक एक जना पुरुष मृत फेला परेका छन् ।
प्र्रहरीका अनुसार कागेश्वरी मनोहरा नगरपालिका ६ मुलपानी घर भएका ३८ वर्षीय अमृत ढकाल आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
साथै काठमाडौं तारकेश्वर नगरपालिका ११ मनमैजु बस्ने ओखलढुङ्गा सुनकोशी गाउँपालिका ७ घर भएका ५६ वर्षीय लेख बहादुर कार्कीपनि सोही नगरपालिका ९ मनमैजुस्थित चौरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुका सम्बन्धमा काठमाडौं प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाकारी दिएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  २ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।